Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले बनाउन थाले जैविक मल, २५ रूपैयाँ केजीमा किसानकाे घरमा

काठमाडाैँ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ। वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री सुरु भएको  उनके भनाइ छ । यस वर्षदेखि २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको  अध्यक्ष बताउँछन् । 

केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगका रूपमा काम अगाडि बढाएको हो । विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए ।

गाउँपालिकाभित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन छन् . यी सबै वनलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा गाउँपलिका छ ।

वन जङ्गलबाट सङ्कलन  गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । वनमा स्याउला तथा घाँस सङ्कलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरू काममा जुटेका छन् । 

उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकेजी  २० र बाहिर प्रतिकेजी  २५ रूपैयाँका दरले बिक्री सुरु गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update