काठमाडौँ । बाराको जीतपुरसिमरा उपहानगरपालिकाले बुधबार शोक बिदा दिएको छ । वडा सदस्यको निधन भएकाले उपहानगरले बुधबार शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले जानकारी दिइन् ।
वडा नम्बर १३ को सदस्य तथा उपमहानगरको न्यायिक समिति सदस्य जादोलाल सहनीको मंगलबार निधन भएकाले बुधबार शोक बिदा दिइएको काफ्ले बताइन् ।
‘जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ को वडा सदस्य एवं उपमहानगरपालिकाको न्यायिक समिति सदस्य श्री जादोलाल सहनीको मितिः २०८१/०९/१६ गते अन्दाजी साँझको ६ः३० बजे वीरगंज स्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएको खबरले उपमहानगरपालिका परिवार मर्माहित भएको छ,’ शोक बिदासम्बन्धी सार्वजनिक सूचनामा उल्लेख छ, ‘दुखःको यस घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना र शोकसन्तप्त परिवारजन प्रति जीतपुरसिमरा उपमहानगरपालिका गहिरो समवेदना प्रकट गर्दै मितिः २०८१/०९/१७ गतेको कार्यालयको ( प्रमुख स्तरीय ) निर्णयानुसार मिति : २०८१/०९/१७ गते अत्यावश्यक सेवा बाहेक यस उपमहानगरपालिका तथा मातहतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’