काठमाडौँ । नागरिक लगानी कोषले सेयर खरिद गर्नको लागि पनि कर्जा उपलब्ध गराउने भएको छ ।
कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो । यद्यपि, यस्तो कर्जा भने स्टक डिलर कम्पनीलाई मात्रै दिइने कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जानकारी दिए ।
‘कोषको लगानी कार्यविधिमा संशोधन भएको छ । अब सेयर खरिद गर्न पनि कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । हामीले स्टक डिलर कम्पनीहरुलाई सेयर खरिद गर्न कर्जा उपलब्ध गराउने हो,’ निर्देशक कार्कीले वडापालिकासँग भने ।
अहिले नेपालमा २ वटा स्टक डिलर कम्पनी छन् । एउटा कम्पनी नागरिक स्टक डिलर कम्पनी कोषकै सहायक कम्पनी हो भने अर्काे नविल बैंकले संचालन गर्ने नविल स्टक डिलर कम्पनी छ । कोषले अब यी दुबै कम्पनीलाई सेयर खरिद गर्न कर्जा उपलब्ध गराउने छ ।