Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ । 

काठमाडौँ महानगरको प्रशासन विभागका प्रमुख ध्रवकुमार काफ्लेले मंगलबार पत्राचार गर्दै सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवं राजस्व हेर्ने कर्मचारीहरूलाई अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्न र बिदा स्वीकृति नगर्न पनि निर्देशन दिएका हुन् । 

‘...काठमाडौं महानगरपालिकाको आ.व. ०८०।०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरु तथा सबै वडा सचिव/लेखा प्रमुख/ राजश्व हेर्ने कर्मचारीहरुले आ.व.०८०।०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्नु/नगराउनु हुन यसै पत्रबाट जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ । 

notice--ktm-1-1735724671.png
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update