Odapalika - The Fourth Estate - चौथो अंग
समाजवादी मोर्चाको व्यानरबाट प्रदेशको नाम नै गायब !

काठमाडौं । सरकारमा सहभागी दलहरु सम्मिलित समाजवादी मोर्चाले आज बिराटनगरमा कोशी प्रदेशस्तरीय सन्देशसभा गर्दै छ । 

सभाका लागि मोर्चामा आवद्ध दलहरुले मञ्च सजाउनेदेखिलिएर व्यानर बनाउनेसम्मका तयारी सकेका छन् । तर जग्गवको विषय, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतले सम्वोधन गर्ने सो कार्यक्रमको ब्यानरबाट प्रदेशको नाम भने गायव पारिएको छ । 

कोशी प्रदेश भन्ने कि नभन्न भन्ने विवादले सभा नै भाडिने अवस्था आएपछि सत्ताधारी दलहरुले प्रदेशको नाम नै उल्लेख नगर्ने र भाषणमा पनि कोशी प्देश नभन्ने सहमति जुटेपछि आयोजकहरुले व्यानरबाट प्रदेशको नाम हटाएका छन् । व्यानरमा प्रदेशस्तरीय सन्देशसभा मात्र लेखिएको छ भने आयोजकमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख छ । 

यसअघि मोर्चाले गरेको सवै प्रदेशस्तरीय सभामा प्रदेशको नाम उल्लेख थियो । मोर्चाले मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको छ ।

प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update