Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषदका २० निर्णयः बुढीगंगा नगरपालिका र धनगढी उपमहानगरले पाए सरकारी जग्गा

काठमाडौँ । मन्त्रिपरिषले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकालाई सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारका २० निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद बैठकले बाजुराको बुढीगंगा नगरपालिकाको वडा नं. १ मा पर्ने १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन बनाउन नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको हो ।

यस्तै, सरकारले जिल्ला समन्वय समिति कैलालीको नामा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गर्नको लागि उपमहानगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ ।

यस्ता छन् सरकारका निर्णयहरु
cabinet-16-poush-1-1735732043.jpg
 

cabinet-16-poush-2-911x1024-1735732053.jpg

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update