Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा संघीय सरकारले ल्यायो घरेलु र लघु उद्यमका ४० परियोजना, तपाइँकाे पालिका पर्‍याे कि परेन ?

काठमाडौँ । संघीय सरकारले १२० वटा स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन का विभिन्न ४० वटा परियोजना र कार्यक्रम संचालन गर्ने भएको छ । 

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले दिएको बजेटका आधारमा यस्तो कार्यक्रम देशका १२० वटा स्थानीय तहमा संचालन गर्नुपर्ने छ । यसका लागि मन्त्रालयले कार्यविधि नै बनाएर उद्यम र उद्योग प्रवर्द्धनका लागि विभिन्न ३९ वटा परियोजना तोकिदिएको छ । 

स्थानीय तहमार्फत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन  तथा प्रविधि सहयोग कार्यक्रम संचालन कार्यविधि बनाएर सरकारले उद्यम विकासको क्षेत्रमा ठूलो रकम लगानी गरेको लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका महानिर्देशक छविन्द्र पराजुली बताउँछन् । 

उनका अनुसार स्थानीय तहमा नियमित रुपमा जाने विभिन्न ४ शीर्षकको अनुदान भन्दा फरक बजेट उद्यमशीलता विकासका लागि स्थानीय तहमा पठाइएको हो । 

यो कार्यक्रम संचालन गर्न मन्त्रालयले बनाएको कार्यविधि अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । 

मन्त्रालयले बनाएको योजना र कार्यविधि अनुसार स्थानीय तहमा तोकिएको कार्यक्रमका लागि प्रशिक्षार्थीको छनौट गर्नेदेखि लिएर मन्त्रालयले उपलव्ध गराइदिएको बजेट परिचालन गर्नेसम्मको अधिकार सम्वन्धित स्थानीय तहलाई नै दिइएको महानिर्देशक पराजुलीले बताए । 

यी हुन परियोजना र संचालन हुने स्थानीय तह 

सिलाईकटाइ कार्यक्रम 

दैलखका नारायण नगरपालिका, आठबिस नगरपालिका, डुंगेश्वर नगरपालिका, गुराँस नगरपालिका, महावु गाउँपालिका, भगवति गाउँपाकिला र नौमुले गाउँपालिका ।

व्यावसायिक तथा सीपमूलक कार्यक्रम 

बझाङको थलारा गाउँपालिका ।

युवा स्वरोजगार सीप बिकास तालिम 

सुनसरीको बडी गाउँपालिका 

महिला उद्यम सीप विकास कार्यक्रम 

ओखलढुंगाको लिखु गाउँपालिका 

लक्षित वर्ग तथा अन्य वर्ग सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम 

दार्चुलाका महाकाली नगरपालिका, व्यास गाउँपालिका, दुहु गाउँपालिका र मालिकार्जुन गाउँपालिका

बैतडीको दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका  ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिका  ।

बझाङको सैपाल गाउँपालिका

बाजुराको जगन्नाथ गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका, गौमूल नगरपालिका, बुढीगंगा नगरपालिका र हिमाली गाउँपालिका

डोटीको जोराइल गाउँपालिका

अछामको मंगलसेन नगरपालिका, रामारोशन गाउँपालिका

कैलालीको चुरे गाउँपालिका, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका

जाजरकोटको भेरी नगरपालिका

सर्खेतको पञ्चपुरी नगरपालिका

बर्दियाको बढैयाताल गाउँपालिका

दाङको तुल्सीपुर उपमहानगरपालिका, घोराही नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका

गुल्मीको मदाने गाउँपालिका

काभ्रेको चौरीदेउराली गाउँपालिका

बाराको कलैया उपमहानगरपालिका

पर्साको पर्सागढी नगरपालिका 

खोटाङको खोटाङ गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ गाउँपालिका र साकेला गाउँपालिका 

उदयपुरको त्रियुगा नगरपालिका र रौतामाइ गाउँपालिका

सुनसरीको इनरुवा नगरपालिका र हरिनगरा गाउँपालिका 

मोरङको सुन्दरहरैचा नगरपालिका

झापाको कमल गाउँपालिका 

इलेक्ट्रिसियन, प्लम्विङ र होटल व्यवस्थापन कार्यक्रम 

बाँकेको नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँपालिका 

च्युरी सम्वन्धी सीप तथा प्रविधि कार्यक्रम 

बैतडीको दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका

बाँसजन्य बस्तु सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम

बैतडीको  पुर्चौडी नगरपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका

रिठो, टिमुर प्रशोधन केन्द्र कार्यक्रम

बझाङको मष्टा गाउँपालिका 

साबुन प्रविधि सहयोग कार्यक्रम

सुनसरीको धरान उपमहानगरपालिका 

अल्लो प्रशोधन केन्द्र स्थापना कार्यक्रम

बझाङको थालारा गाउँपालिका  

बिउ उत्पादन, प्रशोधन तथा वितरण केन्द्र स्थापना 

सर्लाहीको बरहथवा नगरपालिका

भिमल, अल्लो, रेशाजन्य उद्योग सीप विकास तथा प्रविधि कार्यक्रम 

अछामको तुर्माखाँद गाउँपालिका 

अल्लो तथा रेशाजन्य कच्च पदार्थ सीप विकास तथा प्रविधि कार्यक्रम 

रोल्पाको त्रिवेणी नगरपालिका 

स्थानीय कच्च पदार्थ सीप विकास कार्यक्रम 

गुल्मीको मदाने गाउँपालिका

आदिवासी महिलाद्धारा संचालित उद्यम प्रवद्र्धन कार्यक्रम

झापाको गौरीगञ्ज गाउँपालिका 

दुनाटपरी सम्वन्धी सीप विकास तथा प्रविधि कार्यक्रम

डडेलधुराको नवदुर्गा गाउँपालिका

उद्यमी कोशेली घर निर्माण कार्यक्रम

बैतडीको पाटन नगरपालिका

काभ्रेको चौरी देउराली गाउपालिका

बाराको फेटा गाउँपालिका

होजियारी सीप विकास तथा प्रविधि कार्यक्रम 

वैतडीको मेलौली नगरपालिका 

परम्परागत पेशामा आधारित सीप विकास तथा प्रविधि कार्यक्रम  

झापाको दमक नगरपालिका र गौरादह नगरपालिका

मासु प्याकेजिङ प्रविधि सहयोग कार्यक्रम

झापाको गौरादह नगरपालिका 

नेपाली हातेकागज प्रवद्र्धन कार्यक्रम 

बाजुराको बडिमालिका नगरपालिका

सुपारी प्रशोधन तथा प्याकेजिङ कार्यक्रम 

झापाको बुद्धशान्ति गाउँपालिका

अलैँची आधुनिक प्रशोधन कार्यक्रम 

ताप्लेजुङको फत्तालुङ, सिदिङवा र मेरिङदेन गाउँपालिका 

टिमुर तथा जडिवुटी प्रशोधन कार्यक्रम 

जाजरकोटको जुनिचाँदे गाउँपालिका

छाला प्रशोधन तालिम केन्द्र कार्यक्रम

बैतडीको दशरथचन्द नगरपालिका

युवा लक्षित वर्ग र अन्य वर्ग सीप विकास तथा प्रविधि कार्यक्रम 

धनुषाको छिरेश्वरनाथ नगरपालिका 

अल्लो भाँगो तथा रेशाजन्य कच्चा पदार्थ प्रशोधन कार्यक्रम

बझाङको छविस पाथिभेरा गाउँपालिका  

धसिंगरेको तेल प्रशोधन कार्यक्रम

मकवानपुरको भीमफेदी गाउँपालिका 

फलफुल प्रशोधन केन्द्र कार्यक्रम 

रुकुम पश्चिमको आठविसकोट गाउँपालिका

पितलको भाँडा र बाँसजन्य सामग्री सीप विकास तथा प्रविधि कार्यक्रम

डडेलधुराको अमरगढी नगरपालिका

च्युरी हर्बल सावुन र अल्लो प्रशोधन सीप तथा प्रविधि कार्यक्रम

दार्चुलाको नौगाड गाउँपालिका 

इन्टरलक ब्रिक उद्योग प्रवर्द्धन कार्यक्रम

बैतडीको पुर्चौडी नगरपालिका

महिला उद्यमशीलता विकास कार्यक्रम

अछामको बान्नीगढी जयगढ गाउँपालिका

बर्दियाको बढैयाताल गाउँपालिका

कञ्चनपुरको बेलौरी नगरपालिका

कैलालीको गौरीगंगा नगरपालिका

च्युरी प्रशोधन स्थापना कार्यक्रम 

अछामको डकारी गाउँपालिका

मागमा आधारित सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम

ताप्लेजुंगको मिक्वाखोला र मेरिङदेन गाउँपालिका 

भटमास प्रशोधन केन्द्र कार्यक्रम

बैतडीको डिलासैनी गाउँपालिका

रानाथारु लगायत लक्षित वर्ग र अन्य वर्ग सीप तथा प्रविधि कार्यक्रम

कञ्चनपुरको लाझाडी गाउँपालिका 

अपाङग पुर्नस्थापना केन्द्रका लागि सीप विकास तथा प्रविधि हस्तान्तरण कार्यक्रम 

झापाको दमक नगरपालिका

उद्यम सम्वद्र्धन केन्द्र संचालन र व्यवस्थापन 

बिराटनगर महानगरपालिका

बीरजंग महानगरपालिका

हेटौडा उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका

नेपालगंज उपमहानगरपालिका

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update