Odapalika - The Fourth Estate - चौथो अंग
गौशालाको होटेलमा मृत फेला परिन् युवती 
प्रतीकात्मक तस्बिर

काठमाडौँ । काठमाडौँको गौशालास्थित एक होटेलमा युवती मृत अवस्थामा फेला परेकी छन् । बागमती होटलमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । 

उनी बसेको कोठाको ढोका लामो समय नखुलेपछि होटल सञ्चालकले खबर गरेसँगै पुगेको प्रहरीले ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा फेला परेकी हुन् । 

सुस्मिता मृत फेला परेको घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update