काठमाडौँ । बालगायक सचिन परियारको उपचारका क्रममा निधन भएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान साढे १० बजे निधन भएको हो ।
गीत गाउनुका साथै हास्य टेलिश्रृंखलामा समेत अभिनय गरेका परियार भाइरल बालगायकमा रुपमा परिचित थिए । म्युजिक भिडियोमा अभिनेता राजेश हमालसँगसमेत उनले अभिनय गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्