
काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँ उपत्यकामा बिहीबार दिउँसो १ बजेपछि भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । जसका धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १३:१८
प्रतिक्रिया दिनुहोस्