Odapalika - The Fourth Estate - चौथो अंग
शेरा दरबार जग्गा प्रकरण : प्रचण्ड भन्छन्– छानबिन र दोषीलाई कारबाही गर्न सहयोग गर्छु
फाइल तस्बिर

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार जग्गा प्रकरणमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न आफूले सहयोग गर्ने बताएका छन् । 

बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गा प्रकरणमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न आफ्नो सहयोग चाहिएमा सरकारलाई सघाउने बताएका हुन् । दोषीमाथि कारबाही हुनुपर्ने भन्दै प्रचण्डले ललिता निवासको जग्गाजस्तै फिर्ता ल्याउनुपर्ने बताए । 

भ्रष्टाचारमा संलग्न जोसुकैमाथि कारबाही गर्नुपर्ने बताउँदै उनले आफ्नै पार्टी माओवादीका नेताहरू दोषी देखिए पनि छानबिन ल्याउन र कारबाही गर्न तयार रहेको जानकारी गराए । 

‘मैले आफ्नै पार्टीका नेताहरू दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ । राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जो कोही होस्, कानुनको दायरामा ल्याउनुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ,’ बैठकमा प्रचण्डले भने । 
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update