Odapalika - The Fourth Estate - चौथो अंग
प्युठानका सबै स्थानीय तहमा एमालेले सक्यो अधिवेशन, यी हुन् पालिका र वडाका नेता 

काठमाडौँ । नेकपा एमालेले प्युठानका ९ वटै स्थानीय तह र ६४ वटा वडाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । एमाले पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाका अनुसार ती सबै स्थानमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । 

सवै स्थानीय तहको अधिवेशन उद्घाटन इन्चार्ज सुर्य थापाले गरेका थिए भने धेरैवटा वडामा समेत उनले नै अधिवेशन उद्घाटन गरेका थिए । 

प्युठान नगरपालिका कमिटीको विशेष अधिवेशनबाट गिरूप्रसाद भण्डारी अध्यक्ष, ध्रुव जिसी उपाध्यक्ष, पार्वता आचार्य सचिव, माधव पराजुली र विनायक थापा उपसचिव रहेकोे ५५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन भएको छ । 

झिमरूक गाउँपालिकाको अधिवेशनबाट पदमबहादुर खड्का अध्यक्ष, रामचन्द्र भण्डारी उपाध्यक्ष, निमबहादुर सुनार सचिव, मेखबहादुर नेपाली र बसन्त बस्नेत उपसचिव सहितको नयाँ पालिका कमिटी चयन भएको छ ।

सरूमारानी गाउँपालिकाको अधिवेशनले वसन्त जिसी अध्यक्ष, उमबहादुर खाम्चा उपाध्यक्ष, टीकाराम पल्ली सचिव, बसन्ता खड्का र भीम मर्साङगी मगर उपसचिव रहेको कमिटी गठन गरेको छ । 

माण्डवी गाउँपालिका कमिटीको अधिवेशनबाट हेमराज अधिकारी अध्यक्ष, सरिता थापा उपाध्यक्ष, धनेन्द्र कार्की सचिव, शरद बस्नेत र केशरा खत्री उपसचिव रहेको कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

गौमुखी गाउँपालिकाको अधिवेशनले जुमानसिहं जिसी अध्यक्ष, विक्रम मल्ल उपाध्यक्ष, पदम केसी सचिव, मसिना केसी र उपेन्द्र खड्का उपसचिव रहेको ४५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

मल्लरानी गाउँपालिका कमिटीको अधिवेशनले नोमराज पौडेल अध्यक्ष, रामबहादुर थापा उपाध्यक्ष, प्रभात श्रेष्ठ सचिव, गंगाराम पौडेल र चेमा भण्डारी उपसचिव रहेकोे ४५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । 

नौबाहिनी गाउँपालिकाको अधिवेशनले शेरबहादुर सेन ठकुरी अध्यक्ष, भीमबहादुर घर्ती उपाध्यक्ष, दलराज पुन सचिव, अञ्जु घिमिरे र जनक बुढा मगर रहेकोे  ५८ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । 

स्वर्गद्धारी गाउँपालिकाको अधिवेशनले भरत राउत अध्यक्ष, टुकमान रोका उपाध्यक्ष, खिमप्रसाद पार्धे सचिव, जमुना भण्डारी र पशुपति श्रेष्ठ उपसचिव रहेको ४५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । 

ऐरावती गाउँपालिका कमिटीको अधिवेशनले टीकाबहादुर गुरूङ अध्यक्ष, कमला ज्ञवाली उपाध्यक्ष, नारायणबहादुर थापा सचिव र हिमबहादुर रास्कोटी उपसचिव रहेको नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । 

यी हुन प्युठानका सबै स्थानीय तहमा एमालेका निर्वाचित वडाअध्यक्षहरु 

झिमरूक गाउपालिका

१. लीलबहादुर जिसी 

२. नरेन्द्र खड्का

३. तुलबहादुर एमसी

४. जगतबहादुर थापा

५. हरिबहादुर जिसी

६. धनबहादुर पुन

७. इमानसिंह भण्डारी 

८. नेत्रमान गिरी

प्युठान नगरपालिका

१. गुणेन्द्रनाथ योगी

२. तुलसिंह खड्का

३. रविन्द्र खड्का

४. महेश्वरबहादुर केसी

५. लोकबहादुर पुन

६. टीकाबहादुर थापा

७. शेषमडि भट्टराई 

८. पदमबहादुर थापा

(. शिवबहादुर केसी

१). डिलाराम सुवेदी 

गौमुखी गाउँपालिका

१. चोकबहादुर पुन

२. यमानन्द थापा 

३. टेकमान मल्ल

४. तुलबहादुर सुनार

५. नेत्रलाल कँवर

६. मोहन पुन

७. गोविन्द कुँवर

नौबहिनी गाउँपालिका

१. चन्द्रमणि बुढामगर

२. मीनसिंह केसी

३. रमेश मल्ल

४. सालिमे घर्ती

५.कुलबहादुर केसी

६. विष्णु केसी

७. पुस्तबहादुर खड्का

८. रामु घिमिरे 

स्वर्गद्वारी नगरपालिका

१. हेमबहादुर पुन

२. बालाराम घर्ती मगर

३. मुक्तबहादुर रोकाया

४. पुनबहादुर खड्का 

५. गुरूप्रसाद अधिकारी 

६. डिलाराम कालाथोकी(पोखरेल)

७. हरिप्रसाद भुसाल

८. भीमसेन खत्री 

९. गणेश शर्मा पौडेल

माण्डवी गाउँपालिका

१. सहदेव गौतम

२. देवीराम पौडेल

३. डोरबहादुर पुन 

४. हिमबहादुर पुन हिमाल

५. मानबहादुर खड्का

मल्लरानी गाउँपालिका 

१. झविन्द्रबहादुर राहुँ

२. माथवर केसी

३. डिलाराम पौडेल

४. रामप्रसाद श्रेष्ठ 

५. भोजबहादुर थापा

सरूमारानी गाउँपालिका

१. डालबहादुर रायमाझी 

२. अमर गुरूङ

३. बेदबहादुर पुन

४. हुमबहादुर थापा 

५. घनश्याम सारू मगर

६. नमबहादुर उलुङ्गे मगर

ऐरावती गाउँपालिका

१. उमबहादुर राना

२. पदमप्रसाद पाण्डे

३. शेरबहादुर सुनार

४. दीपक सापकोटा

५. अनिल पुन

६. डिलबहादुर राउत

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update