
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् । पेरिसडाँडास्थित पार्टी मुख्यालय बिहीबारदेखि सुरू भएको स्थायी समितिमा पूर्वउपराष्ट्रपति पुन सहभागी भएका हुन् । उपराष्ट्रपति बन्नुअघि पनि उनी माओवादी केन्द्रमा आवद्ध थिए ।
२०७२ कात्तिक १३ देखि २०७९ चैत ६ गतेसम्म उपराष्ट्रपति बनेका पुनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
बिहीबारको बैठकमा सहभागी भएका उनी पहिलो लाइनमा राखिएको कुर्सीमा बसेका थिए । मञ्चमा पदाधिकारी बस्दा पुन अगाडि राखिएको कुर्सीको पहिलो लाइनमा बसेका थिए । उनको बायाँतिर हितराज पाण्डे बसेका थिए ।
पूर्वउपराष्ट्रपति भइसकेका उनी पुनः सक्रिय राजनीतिमा फर्कन लागेका हुन् ।