Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्‍यो : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार १३ वर्षको उमेरमा उपचारका क्रममा बालगायक सचिनको त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरेका प्रधानमन्त्री ओलीले एक प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर गरेको उल्लेख गरेका छन् । उनले सचिनको निधनले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सबैलाई सिकाएको बताए ।

‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update