Odapalika - The Fourth Estate - चौथो अंग
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले निर्माण कार्यमा प्रयोग गरिने सवारी साधन प्रदुषण जाँचका लागि पठाउन निर्देशन दिएकी छिन् ।

निर्माण कार्यमा संलग्न सवारी साधानका कारण प्रदुषण बढेको गुनासो आएको भन्दै उनले सबैखाले सवारी साधनको प्रदुषण जाँच अनिवार्य रहेको बताइन् ।

‘सवारी साधन जुनसुकै हुन्, सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ उपमेयर डंगोलले भनिन् ।

उनले सवारी प्रदुषण जाँच भएका सवारी साधान मात्रै प्रयोग गर्नुपर्ने भन्दै निर्माण कार्यमा प्रयोग भएका सवारीले छुट नपाउने बताइन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update