काठमाडौँ । अत्याधुनिक इभी दीपलले नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।
दीपल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडी खरिदमा नयाँ वर्ष अफर ल्याएको हो । नयाँ स्कीम अनुसार अब ग्राहकले ५ प्रतिशतभन्दा कम स्थीर व्याजदरमा दीपल इभी खरिद गर्न सक्नेछन् । स्थीर व्याजदरमा कर्जा लिएपछि व्याजदर बढ्दैन । अर्थात गाडीको किस्ता नसकिन्जेल ५ प्रतिशतभन्दा कम व्याज तिरे पुग्छ ।
कम्पनीले ल्याएको न्यू इयर स्कीम अन्तर्गत ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा यस्तो स्कीम ल्याइएको हो । कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा दीपलका आधुनिक सुविधायुक्त गाडी किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ ।
नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको न्यु इयर, न्यु दिपल योजनामा गाडी किन्ने ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरसहित अन्य सुविधा पाउने बताइएको छ । कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालु समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
दीपलकाे एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन् । अत्याधुनिक प्रविधि र डिजाइनका कारण यसले नेपाली बजारमा ७ सय युनिट आयातको आँकडा भेट्टाएको कम्पनीले जनाएको छ ।