Odapalika - The Fourth Estate - चौथो अंग
संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको निधन

काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । 

नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । 

एमाले नेताहरूसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु  अहिले शिक्षण अस्पताल पुगेका छन् । उनको पार्थिव शरीर पार्टी कार्यलय च्यासलमा लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update