Odapalika - The Fourth Estate - चौथो अंग
धरान उत्सवमा के गर्ने योजना छ धरानको? यसो भन्छन् मेयर  हर्क 

काठमाडौँ । धरान उपमहानगरपालिकाले धरान दिवसको अवसर पारेर धरान उत्सवको आयोजना गर्ने भएको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिएको बताएका छन् । पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र ¥यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । 

उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्ने छ । धरान उपमहानगरपालिका १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटनमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने छ ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते  इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथन, रस्सी तान र छेलो हान्ने कार्यक्रम छ ।

२४ गते श्रमदाता ¥याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले बताए ।

उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरुको आयोजना गरिने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update