
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई दिने अनुदार करिब ७ अर्ब रुपैयाँ थप गरेको छ ।
एमसिसीले नेपाललाई दिने अनुदान ५ करोड अमेरिकी डलर (अहिलेको अमेरिकी डलरको विनिमय दरअनुसार करिब ६ अर्ब ८५ करोड रुपैयाँ) बढाएको हो ।
एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि अनुदान बढाउने निर्णय गरिएको हो ।
एमसिसीले अमेरिकी संसद्लाई १८ डिसेम्बरमा नेपाललाई दिने अनुदान सहयोग बढाउन चाहेको सुचना दिएको थियो । हिजो (बिहीबार) बसेको एमसिसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।
एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।