
काठमाडौँ । सशस्त्र प्रहरीले बलले प्रहरी निरीक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर सशस्त्र प्रहरीले बलले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक प्रहरी जवानसहित विभिन्न ८ पदमा एक हजार १७९ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
सार्वजनिक सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ६८, प्रहरी सहायक निरीक्षकमा ८३, प्रहरी जवानमा ९४१, प्रहरी भान्सेमा २०, प्रहरी कूचिकारमा १९, प्रहरी सूचिकारमा १०, प्रहरी परिचर (केशतर्फ) २४ र प्रहरी चर्मकर्मी १४ गरी ८ पदमा एक हजार १७९ जना मागिएको हो ।
यही पुस २४ गतेदेखि माघ २४ भित्र योग्य उम्मेदवारले आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ ११:०१
प्रतिक्रिया दिनुहोस्