काठमाडौँ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका अध्यक्ष र प्रमुखहरुको आजबाट धनगढीमा अन्तरकृया सुरु भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समिति, नेपाल नगरपालिका संघको प्रदेश समितिको सहकार्यमा आजबाट कार्यक्रम सुरु भएको हो । जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न भन्दै धनगढीमा सुरु भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो ।
२ दिनसम्म चल्ने कार्यक्रममा स्थानीय सरकार सञ्चालन प्रकृया र समसामयिक विषयहरुमा अन्तरकृया गरिने आयोजनकले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्