Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले बिभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिन्छ । 

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले हस्ताक्षर गरे ।

‘रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुने छ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने ।

रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिटको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update