Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौँ ।  हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लगिएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update