
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् । २०७९ सालमा भएको निर्वाचनमा एमालेबाट काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनले आइतबार एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गरिसकेको जाकनारी दिएका हुन् । अब स्वतन्त्ररुपमा रहने बताउँदै फेसबुकमा लेखेका छन्, ‘म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’
देश र समाजका लागि आफू सधैँ क्रियाशील रहने बताएका उनले लेखेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’