Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङको निधनपछि राष्ट्रपति र प्रधानमन्त्रीले भनेः मर्माहत र स्तव्ध छु 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार बिहानैउनले ट्वीटमार्फत नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् । 

पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’

उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

ट्वीटमा थप लेखिएको छ ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गरेका हुन् । 

उनले लेखेका छन् ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update