काठमाडौँ । नेपाली फिल्म बलिदानको सुटिङका लागि ४२ फिट अग्लो कालीदेवीको मूर्ति बनाइएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा बलिदानको सुटिङका लागि ४२ फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको निर्देशक सन्तोष सेनले जानकारी दिए ।
बलिदान फिल्मका लागि हामीलाई एउटा अद्वितीय देवीको मूर्ति चाहिएको थियो । कथाको मागअनुसार, दानव प्रवृत्तिको संहार गर्ने प्रतीककारुपमा देवी काली र तिनको रौद्र÷चण्डी स्वरूपलाई दर्साउने एउटा विशाल मूर्ति । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण ग¥यौँ । यो एउटा चुनौतीपूर्ण यात्रा थियो,’ निर्देशक सेनले भने ।
फिल्म सुटिङका क्रममा स्थानीयले रोजगारीसमेत पाएको जानकारी दिएका उनले भने, ‘मोरङको हसिना सिमसार बुढासुब्बा मैदानमा यो विशाल मूर्ति स्थापित गरिएपछि यो क्षेत्र ’काली चौर’का नामले प्रख्यात हुन थालेको छ । अहिले यहाँ एउटा ठूलो मञ्च र २०० भन्दा बढी स्टलहरू छन् । यसले स्थानीयलाई रोजगारी दिएको छ भने यहाँ एउटा मिनी बजार पनि सञ्चालन भइरहेको छ । यहीँबाट हामी बलिदानका विशेष दृश्यहरू खिच्दैछौँ ।’
सेन निर्देशक रहेको बलिदानमा समिर भट्ट, सौगात मल्ल अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहनेछ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने उक्त फिल्ममा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सह–निर्माताको रुपमा छन् ।