Odapalika - The Fourth Estate - चौथो अंग
‘धरान डे’मा रस्सी तान र छेलो हान्ने प्रतियोगिता, विजेतालाई ८ वटा लाेकल कुखुराको भाले

सुनसरी । धरान उपमहानगरपालिकाले ‘धरान डे’ अवसरमा रस्सी तान र छेलो हान्ने प्रतियोगिताको आयोजना गरेको छ । 

१२४औँ धरान ड (धरान दिवस)को अवसरमा पुस २३ गते मंगलबार महिला र पुरुषको रस्सी तान र छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको उपमहानगरको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

उनका अनुसार पुस २३ गते मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म हुने प्रतियोगितामा सहभागी हुन चाहनेले सोही दिनको बिहान १० बजेभित्र खेलाडी र टिम दर्ता गरिसक्नुपर्नेछ । 

रस्सी तान प्रतियोगितामा २ जना वैकल्पिकसहित ९/९ जना खेलाडी हुनुपर्नेछ भने छेलो हान्ने प्रतियोगितामा एक एकजना खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । 

रस्सी तान प्रतियोगितामा विजेतालाई ८ वटा लोकल कुखुराको भाले र उपविजेतालाई ६ वटा लोकल कुखुराको भाले पुरस्कार स्वरुप दिइने प्रमुख खतिवडाले जनाए । 

उनका अनुसार छेलो हान्ने प्रतियोगिताको पुरस्कार विजेता खेलाडीले ३ वटा भाले र उपविजेता खेलाडीले २ वटा भाले पाउनेछन् ।

khel-1736064659.png
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update