Odapalika - The Fourth Estate - चौथो अंग
महानगरले आजदेखि राखेको तालिममा सहभागी नहुने शिक्षकहरूको निर्णय, अब के गर्छ महानगर ? 

काठमाडौँ । काठमाडौँ महानगरपासलकाले आजबाट सुरु गरेको शिक्षकहरुको तालिममा शिक्षकहरुले सहभागिता नजनाउने भएका छन् । 

महानगरपालिकाले जाडो बिदाको वेला पारेर तालिम राखेको र अधिकांश शिक्षकहरु घर फर्किसकेको भन्दै सामुदायिक विद्यालयका प्रधानअध्यापक र शिक्षक महासंघले तालिममा सहभागी नहुने निर्णय गरेको हो । 

महानगरले भने छोटो समय राखेर सूचना निकालेको स्वीकार गर्दै शिक्षकहरु सहभागी भए तालिम हुने नत्र नहुने बताएको छ । 

नेपाल शिक्षक महासंघ काठमाडौँ महानगर समितिले त विज्ञप्ति नै निकालेर तालिममा सहभागी नहुने बताएको छ । उसले जाडो बिदा, छोटो सूचना, एसइईको तयारी जस्ता कारण देखाएर तामिलमा सहभागी नहुने बताएको हो । महानगरले पुस २१ देखि माघ ८ गतेसम्म विभिन्न विषयका लागि तालिम राखेको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update