काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षदेखि दिने भनेर घोषणा गरेको स्टार्टअप उद्यम कर्जाका लागि देशभरका स्थानीय तहबाट १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार यी परियोजना छानिएका हुन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ५ हजार १५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको जनाएको छ ।
प्रतिष्ठानले प्रारम्भिक सूचीमा परेका परियोजनाका प्रस्तावकहरुलाई आफ्ना परियोजनाको संचालन, व्यवस्थापन, लगायतका विषयमा प्रस्तुतीकरणा लागि बोलाएको छ ।
यसका लागि मितिसमेत तय भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले मात्र स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
आगामी २८ पुसदेखि प्रस्तुतीकरणको मिति तय भएको छ । हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुने र एक चरणमा पाँच परियोजना प्रस्तावकबाट प्रस्तुतीकरण लिइने प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणका लागि एउटा परियोजनालाई १० मिनेट समय दिइएको जनाइएको छ ।
यसका लागि प्रतिष्ठानले प्रस्तुतीकरणको ढाँचासमेत उपलव्ध गराएको छ । प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने छ । परियोजनाबाट उत्पादित वस्तु र सेवा बिक्रीको बजार सम्भावना, कच्चापदार्थ र त्यसको आपूर्ति, उपलब्ध पूर्वाधार, हालको रोजगारी र सिर्जना हुने संख्यासहित विवरण राख्नुपर्ने सूचनामा उल्लेख छ ।
यी हुन् छानिएका परियोजना र सर्तहरु