Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतः अध्यक्ष सरुवा गर्ने, उपाध्यक्ष थमौती

काठमाडौँ । सर्लाहीको नन्द्रनगर गाउँपालिकाले रमिता देखाएको छ । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिसम्म पुगेपछि रमिता देखिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालबीचको विवादमा बाँकी जनप्रतिनिधि पनि थपिएका छन् । उपाध्यक्ष गितादेवी महतो प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिएकी छिन् भने कार्यपालिकाका बहुमत सदस्य पनि प्रमुख प्रशासकीय अधिकृतको पक्षमा देखिएका छन् ।

chandrapur-chairman1-1736140250.jpg
अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत पाललाई गत भदौमा पत्र लेखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ल्याएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत आएको ३ महिना नबित्दै अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत पाललाई हटाएर नयाँ गाउँपालिकाकै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाइदिन मन्त्रालयलाई अर्काे पत्र लेखेका छन् ।

chandrapur-chairman-1736140250.jpg
अध्यक्ष महतोले गत भदौ ११ गते पाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइदिन मन्त्रालयमा पत्र लेखेका थिए । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले प्रभावकारी रुपमा काम नगरेको आरोप लगाउँदै अध्यक्ष महतोले पाललाई पठाइदिन अनुरोध गरेका थिए । अध्यक्ष महतोको आग्रह अनुसार नै मन्त्रालयले पाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएका थियो ।

तर, यसबीचमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पालबीच सम्बन्ध विग्रिएको छ । सम्बन्ध विग्रिएपछि अध्यक्ष महतोले मंसिर २० गते मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत पाललाई अन्यत्र सरुवा गरेर गाउँपालिकाको छैटौं तहका कर्मचारी कृष्णप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत बनाइदिन भनेका छन् ।

सरुवा नगरिदिन उपाध्यक्षको पत्र

अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत पाललाई सरुवा गरिदिन मन्त्रालयलाई पत्र लेखेपछि गाउँपालिकाका उपाध्यक्ष गितादेवी महतोले सरुवा रोक्ने पहल थालेकी छिन् ।

chandrapur-vc-1736140251.jpg
chandrapur-vc1-1736140251.jpg
उपाध्यक्ष महतोले पुस ९ गते मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत पाललाई सरुवा नगर्न भनेकी छिन् । उपाध्यक्ष पालको पत्रमा गाउँ कार्यपालिकाको १० जनाको हस्ताक्षर रहेको भनिएको छ । सो संख्या कार्यपालिकामा महुमत हो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update