
काठमाडौँ । काठमाडौँबाट झापाका लागि उडेको विमानको इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं नै डाइभर्ट गरिएको हो ।
सोमबार बिहान १०ः३८ बजे उडेको बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् । विमानलाई उडेको ३७ मिनेटमै ११ः१५ बजे सुरक्षित अवतरण गरिएको हो ।
अहिले प्राविधिक टोलीले सो विमानको जाँच गरिरहेका छन् । यात्रुलाई भने विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।