Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्माले पदबाट राजीनामा दिएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईं बिदामा बसेपछि शिक्षा विभागका प्रमुखसमेत रहेका शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । तर, सोमबार उनले पदबाट राजीनामा दिएका हुन् । 

‘उहाँले राजीनामा दिएको भन्ने सुनेको छु, औपचारिक जानकारी छैन,’ काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले वडापालिकासँग भने । 

जागिर अवधि १५ महिना बाँकी रहँदा शर्माले पदबाट राजीनामा दिएसँगै महानगर नीतिगत, शिक्षा र प्रशासनिक गरी सबै किसिमको नेतृत्वविहीन भएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update