
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाटै लागु हुने गरी सार्वजनिक यातायात र मालबाहक सवारी साधनको भाडावृद्धि गरिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार सोमबारबाट लागु हुनेगरी यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ ।
साथै मालबाहक सवारी साधनको भाडा ०.०५ देखि ०.८१ प्रतिशतसम्म बढाइएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाएको सरकारले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत वृद्धि गरेको छ ।
यसअघि २०८० साउन ३१ गते भाडा समायोजन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्