
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवेश गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने तीन महिना माओवादी केन्द्रको पार्टी प्रशिक्षण अनिवार्य लिनुपर्ने हुन्छ । माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।
माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा गैरकम्युनिष्ट पृष्ठभूमिबाट माओवादी केन्द्र प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरिएको छ ।
साथै अध्यक्ष प्रचण्डको प्रतिवेदनमा वर्ष एक पटक पार्टीका हरेक संगठित सदस्यहरूले पनि पार्टी स्कुलमा प्रशिक्षार्थीको रूपमा सहभागी हुनुपर्ने प्रस्ताव गरिएको छ ।