Odapalika - The Fourth Estate - चौथो अंग
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

काठमाडौं । नेपाल एसबिआई बैंकले ३१औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको साधारण सभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको  आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साधारण सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं. चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरगराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले सभा समक्ष पेस गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारितस्वीकृत गरेको बैकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update