Odapalika - The Fourth Estate - चौथो अंग
मोटरसाइकल दुर्घटनामा अमरगढी नगरपालिका–१ का वडासचिवको निधन 

डडेलधुरा । मोटरसाइकल दुर्घटनामा परेर अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्तको निधन भएको छ । 

बैतडीको पाटन नगरपालिका–१ घर भएका ५८ वर्षीय सोमबार राति नगरपालिकाको स्याउले भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेका थिए । उनको घटनास्थलमै निधन भएको वडा नम्बर १ का वा सदस्य गणेशबहादुर दियालले वडापालिकालाइ जानकारी दिए । 

पन्त चढेको से५प २८०३ नम्बरको मोटरसाइकल खाल्डोमै भेटिएको छ भने राति नै दुर्घटनास्थलको सर्जमिन मुचुल्का उठाइएको वडासदस्य दियालले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update