काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
उक्त सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर अंकित मुल्य १०० रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने रकम रु. ५ करोड बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो। कम्पनीले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।