काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनलाई केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ । ।
आज विहान स्थानीय समयअनुसार ६ बजेर ५० मिनेटमा भुकम्प गएको उसले पुष्टि गरेको हो ।
भूकम्पको कम्पन चीनसहित नेपाल, वंगलादेश, भारत र भुटानमा महसुस गरिएको केन्द्रको भनाइ छ । भूकम्पबाट हाँ कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।
काठमाडौँ उपत्यकामा पनि बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:२२
प्रतिक्रिया दिनुहोस्