काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।
मन्त्रालयले पुस २३ गते २१ जना शाखा अधिकृतको सरुवा गरेकोमा ४ जनालाई पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गणेश वास्ताकोटीलाई पठाइएको छ । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत सिताराम राईको सरुवा भएपछि खाली भएको थियो ।
यस्तै, रामेछापको खाँडादेबी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर शिषिर उपाध्याय गएका छन् ।
मन्त्रालयले कालीकोटको खाडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सावन कुमार चौधरीलाई पठाएको छ भने ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर कृष्णप्रसाद गौतम गएका छन् ।