Odapalika - The Fourth Estate - चौथो अंग
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् । 

मंगलबार शोक वक्तव्य जारी गर्दै उनले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनलेसंसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका हुन् । 

उनले लेखेका छन् ‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ ः ३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छ । उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

घिमिरेले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update