काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने लव्ध प्रतिष्ठित महिलालाई सम्मान गर्ने भएको छ ।
महिला दिवसको अवसर पारेर नगरपालिकाले नगरक्षत्रभित्र आफ्नै व्यवसाय गरी कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका महिला उद्यमीलाई सम्मान गर्ने भनेको छ ।
त्यसैगरी उसले विद्यावारिधी हासिल गरेका महिलालार्य पनि सम्मान गर्ने भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
महिला अधिकारका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको, उपसचिववा सो भन्दा माथिल्लो पदबाट अवकास पाएका, २० वर्षभन्दा लामो समय विभिन्न प्रतिष्ठित पदमा बसेर काम गरेका महिलालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
यस्तो सम्मानका लागि नगरपालिकाभित्र स्थायी बसोबास रहेको प्रमाणपत्र, विज्ञता खुल्ने र उद्यम गरेको खुल्ने कागजात पनि पेश गर्न सूचनामा भनिएको छ ।