
काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६५ स्थानीय तहका लागि न्यायिक सहजकर्ता सिफारिस गरेको छ ।
सिफारिस भएका उम्मेदवारलाई यही पुस २६ गते करार सम्झौताका लागि बोलाइएको छ भने माघ ८ गते कार्यालय समयभित्र करार सम्झौता गर्न नआएमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गरिने सार्वजनिक सूचनामा उल्लेख छ ।
गत मंसिर २६ गते सूचना प्रकाशित गरी २४१ जनाको अन्तर्वार्ताका लागि पुस १४ गतेदेखि २० गतेसम्म तोकिएको थियो । तीमध्ये १६६ जनाको प्रारम्भिक र अन्तर्वार्ताको औसत अंकसमेतको आधारमा ६५ स्थानीय तहका लागि न्यायिक सहजकर्ता र वैकल्पिक उम्मेदवारको नामसमेत सिफारिस गरिएको हो ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन् । त्यसमध्ये १२ स्थानीय तहले सहजकर्ताको माग गरेनन् । तर, माग गरेका ७३ स्थानीय तहमध्ये ६ वटामा कुनै उम्मेदवार इच्छुक नै देखिएनन् भने २ वटा स्थानीय तहका लागि उम्मेदवार परीक्षामा सहभागी भएनन् ।