मोरङ । सहकारी ठगी प्रकरणमा मछिएकी एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भएकी छन् ।
उनीमाथि मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको रकम अपचलनको अभियोग छ । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ अपचलनको अभियोगमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
फरार रहेकी उनी बुधबार जिल्ला अदालतमा उपस्थित भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा अञ्जलाको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ । बयान सकिएपछि उनको थुनछेक बहस हुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्