
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको मूल गेटमा ताला लगाएर श्रमिक आन्दोलनमा उत्रिएका छन् । श्रम अदालत भक्तपुरको आदेश कार्यान्वयनको माग गर्दै मूल गेटमा ताला लगाएर श्रमिक धर्नामा बसेका छन् ।
यही पुस ५ गते श्रम अदालत भक्तपुरको श्रमिकलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन कोषको नाममा जारी भएको अल्पकालीन आदेश कार्यान्वयनको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।
सो आदेशपछि गत पुस ११ गते दुवै पक्षको बहसपछि अदालतले आफ्नो अल्पकालीन आदेशलाई निरन्तरता दिएको थियो । तर, कोषले सो आदेशविपरीत आफूहरुलाई काम गर्न र हाजिर गर्न नदिएको भन्दै श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्