काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले जनयुद्ध, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा घाइते, अपाङ्गता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई भत्ता लिन आवश्यक कागजात बुझाउन भनेको छ ।
आफ्ना सबै ८ वटै वडा कार्यालयलाई बुधबार पत्र पठाएर गाउँपालिकाले १५ दिनभित्र जनयुद्ध, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा घाइते, अपाङ्गता तथा मृत्यु भएका व्यक्तिहरुको लागि प्रदेश सरकारबाट प्राप्त हुने जीवन निर्वाह भत्ता र सहिद स्मृति भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको आवश्यक कागजातहरु बुझाइदिन भनिएको हो ।
‘..कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विरेन्द्रनगर सुर्खेतको पत्र संख्या २०८१।०८२, चलानी नं.४४८ र मिति २०८१।०९।१९ को प्राप्त पत्रानुसार तहाँ वडामा रहेका जनयुद्ध, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा घाइते, अपाङ्गता तथा मृत्यु भएका व्यक्तिहरुको लागी प्रदेश सरकार बाट प्राप्त हुने जीवन निर्वाह भत्ता र सहिद स्मृति भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण पठाउन भनी आएको पत्रानुसार आजको मितिले १५ दिन भित्रमा आवश्यक कागजातहरु यस कार्यालयमा बुझाईदिन हुन अनुरोध छ,’ वडा कार्यालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
पत्रअनुसार आवश्यक कागजात
१. लाभग्राहीको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. सहिदको हकमा नाता प्रमाणित ( पति–पत्नी, बाबा आमा र छोरा–छोरी)
४. मृत्यु दर्ताको प्रतिलिपी
५. जिल्ला प्रशासन कार्यालयको दिएको मृत्यु भएको प्रमाणित सिफारिस
६. वडा कार्यालयको सिफारिस
अंगाज डांगी प्रमुख प्रशासकीय अि
७. जिल्ला प्रशासन कार्यालयको दिएको वर्ग तोकिएको अपाङ्ग परिचयपत्र ( अपाङ्गको हकमा)
८. ग्लोवल आईएमइ बैंकको चेक तथा भौचर ।