Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङको निधनमा १ दिन शोक बिदा, राजकीय सम्मान दिने सरकारको निर्णय

काठमाडौंँ । सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजकीय सम्मानका साथ बिदाई गर्ने निर्णय गरेको हो । 

उनको निधनमा सरकारले देशभर शोक बिदा दिने निर्णयसमेत गरेको छ । नेम्वाङका छोराहरु विदेशमा भएकाले अन्त्येष्टि मिति तय भइसकेको छैन । सरकारले अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update