Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी प्रकरण : लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अञ्जला १० लाख धरौटी बुझाएर रिहा

मोरङ । सहकारी ठगी प्रकरणमा मछिएकी एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । 

मोरङ जिल्ला अदालतमा बुधबार उपस्थित भएकी उनी धरौटी बुझाएर रिहा भएकी हुन् । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

उनीमाथि मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको रकम अपचलनको अभियोग छ । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ अपचलनको अभियोगमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

फरार रहेकी उनी बुधबार जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update