
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशका पहाडी भागमा सामान्य वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका अन्य भागमा भने तुलनात्मक रुपमा मौसम सफा रहेको विभागको भनाइ छ । उसले तराईका धेरै स्थानमा हुस्सु ने लागेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसस सामान्यत सफा रहने छ । शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ ०७:०९
प्रतिक्रिया दिनुहोस्