काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।
विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज भएको विद्यालयहरुले बताएका छन् । प्रयोगशालाबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सहयोग मिल्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यको भनाइ छ ।
पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षामात्र लिइरहेका विद्यार्थी अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन् । विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको आचार्यको भनाइ छ ।
प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई सहज बनाउने र विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको विद्यालयहरुको अनुभव छ ।