Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन, कहिले कहाँ ? (सूचीसहित)
फाइल तस्बिर

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्ने भएको छ । सार्वजनिक सूचनाअनुसार आउँदो माघ ३ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्न लागिएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक ६८ वर्ष माथि, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अतिशसक्त अपाङ्ग, क्षेत्र तोकिएका बालबालिका र दलित बालबालिका)रकम भुक्तानीका लागि शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

भत्ता लिन आउँदा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ( नभएमा मतदाता परिचयपत्र ), अपाङ्गताको हकमा अपाङ्ग परिचयपत्र र  सामाजिक सुरक्षा लाभग्राही सक्कल परिचयपत्र लिएर आउन भनिएको छ । 

कहिले कहाँ शिविर ?
notice-1736408759.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update